काठमाडौं– महिला हिंसा रोक्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिलामाथि भइरहेको श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेको हो ।


ADVERTISEMENT


माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा (बादल)को राजीनामा मागेका छन् ।


ADVERTISEMENT

# # #


संगठनकी अध्यक्ष रोशन कार्कीले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताइन् ।