हेटौँडा– प्रदेश नम्बर ३ को राजधानी सहर हेटौंडाको एक फिल्म हलमा आगलागी भएको छ । बुधबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित ओक्याक्स सिनेमा हलमा आगलागी भएको हो ।


ADVERTISEMENT


बिहान एक्कासी हलभित्रबाट धुवाँ निस्कन थालेपछि आगो फैलिएको हो । आगोलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको ठुलो टोली पुगिसकेको छ । घटनास्थलमा पुगेको प्रहरीको टोलील हलको भित्री भागमा बिजुली सर्ट भएपछि आगलागी भएको जनाएको छ । तर आगो नियन्त्रणमा आइनसकेकाले यसबारे विस्तृत विवरण बुझ्न समय लाग्ने प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


 

 

https://www.facebook.com/hunk.bks/videos/1657638847677815/