तुलसीपुर– दाङको भालुवाङमा इलाका प्रहरी कार्यालयको भवन निर्माण गरिएको छ ।


ADVERTISEMENT


बेलायती सहयोग नियोग (डिएफआइडी)को दुई करोड ७८ लाख ४९ हजार सहयोगमा उक्त भवन निर्माण भएको हो । सो भवनको प्रदेश नं ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले मंगलबार उद्घाटन गरेका थिए ।


ADVERTISEMENT

# # #


उक्त भवनमा अपराध अनुसन्धान शाखा, सञ्चार, प्रशासन, बैठक, अतिथि तथा र अधिकृत कक्षसहित महिला, पुरुष र बालबालिकाका लागि छुटाछुटै हिरासत कक्षको व्यवस्था छ । सो भवनमा कार्यालय प्रमुखको आवास, जुनियर प्रहरी अधिकृतको ब्यारेक, प्रहरी जवानको ब्यारेक तथा महिला ब्यारेकसमेत व्यवस्था छ ।