काठमाडौँ– झण्डै ७ करोड चन्दा संकलनको अभियोगमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ परेका विश्वकर्मालाई ५ दिन थुनामा राखेर आवश्यक अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।


ADVERTISEMENT

# # #


कालीकोटको मालकोटमा मध्यम वर्गीय दलित परिवारमा ०२५ सालमा जन्मेका बिक ०५२ सालदेखि माओवादीको पूर्णकालीन बनेर जनुयुद्धमा होमिएका नेता हुन् । उनी माओवादी नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बनेका थिए ।

माओवादी पार्टी विभाजनमा वैद्यसमूहमा लागेका उनी पछि विप्लवतिर लागे । हाल उनी सो पार्टीको प्रवक्ता छन् । जनयुद्धमा लागेका बेला खड्गबहादुर दुईजना भाइहरु सुरक्षा फौजबाट मारिएका थिए । जनयुद्धमा माइलो भाइ सिंहबहादुर बिक र साइलो अमरबहादुर बिक मारिएका थिए ।

प्रकाण्डले ०४६ सालमा प्रचण्डनिकट अखिल नेपाल युवक संघबाट राजनीति सुरु गरेर ०४७ सालमा पार्टी सदस्यता पाएका हुन् । पार्टीनिकट स्रोतले दिएको जानकारीअनुसार उनी उपत्यका बाहिर आयोजना गरिएको बैठकमा सहभागी भएर राजधानीतर्फ आउँदै गर्दा नागढुंगाबाट समातिएका हुन् ।

प्रहरीले बिकलाई काठमाडौं प्रहरी परिसर टेकूमा राखेको छ । बिकका सहयोगी प्रेम दर्नालको फोन स्वीच्ड अफ रहेकाले उनी पनि पक्राउ परेको हुन सक्ने पार्टीका एक कार्यकर्ताले बताए ।

बिकलाई प्रहरीले गिरफ्तार गरेको विषयमा सो पार्टीका नेताहरु बुधबार बिहानसम्म बेखर थिए । उनलाई प्रहरीले टेकूमा ल्याएका बेला एकजना सुभेच्छुकले फोन गरेर पार्टी नेताहरुलाई सूचना दिएका थिए ।