वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–२८, वगहीमा आगलागी हुँदा एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । स्थानीय बद्री महतोको घर आगलागीबाट जलेर पूर्णरुपमा नष्ट भएको हो ।


ADVERTISEMENT


लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट एउटा भैंसी, ५ वटा बाख्रा, ४ लाख बराबरको टेन्टको समान, लत्ताकपडा सबै जलेर नष्ट भएको बद्रिको छोरा विनय मण्डलले बताए ।


ADVERTISEMENT

# # #


आगलागी पछि १३ जना सदस्य रहेको मण्डल परिवारको बिचल्ली भएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले आगलागीबाट ४ लाख ३५ हजार मूल्य बराबरको क्षति भएको अनुमान गरिएको बताए । ‘आगलागीबाट एउटा भैंसी, बाख्रा र खशी २/२ वटा जलेको रहेछ, त्यस्तै टेन्टका समान, भाँडा वर्तन, लत्ता कपडा पनि जलेको छ’, उनले भने ।

राति भएको आगलागी दमकलको सहयोगमा नेपाल प्रहरी, स्थानीय बासिन्दा मिलेर नियन्त्रणमा लिएको स्थानीय राजेशकुमार मण्डलले जानकारी दिए ।