काठमाडौँ– नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल पक्राउ परेका छन् । बिहीबार दिउँसो कुमाललाई गोरखा नगरपालिका–१२ दश किलोबाट पक्राउ गरिएको हो ।


ADVERTISEMENT


एसपी विमल बस्नेतका अनुसार कुमाल जबरजस्ती चन्दा संकलन गरेको आरोपमा पक्राउ गरेको हो । एसपी बस्नेतले भने, ‘जबरजस्ती चन्दा माग गरेको सुचना पायौँ, त्यसैको सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ,’ ।


ADVERTISEMENT

# # #


यसअघि जबर्जस्ती चन्दा उठाएको आरोपमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन् । प्रवक्ता विश्वकर्माले उद्योगी व्यवसायीबाट ७ करोड भन्दा बढी चन्दा असुल गरेको भन्दै प्रहरी पक्राउ गरेको दावी गरेको छ ।

प्रहरीले विकलाई चन्दा ऐन अन्तर्गत पाँच दिनका लागि जिल्ला अदालत काठमाडौबाट म्याद थपेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुमा राखेको छ ।