काठमाडौं– चाचान गु्रपबाट संचालित त्रिशक्ति सिमेन्टमा गुणस्तर कम पाइएको छ । गुणस्तर तथा नाप तौल विभागले जाँच गर्दा सिमेन्टमा गुणस्तर कम भेटिएको हो ।


ADVERTISEMENT


“त्रिशक्ति सिमेन्टमा अद्युल्य पदार्थको मात्रा बढी भएको पाइएको,” विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने ।


ADVERTISEMENT

# # #


सिमेन्टमा अद्युल्य पदार्थको मात्रा बढी भएपछि त्यसलाई १ महिनाको लागि विक्रि वितरणमा रोक लगाएको पुडासैनीले बताए ।

जाँचका क्रममा सिमेन्ट गुणस्तरहिन भेटिएपछि विभागले २ पटकसम्म उद्योग प्रशासनलाई जानकारी गराएको थियो ।

“अटेर गरेपछि सिमेन्ट विक्री वितरणमा रोक लगाइएको हो,” पुडासैनीले भने । त्रिशक्ति सिमेन्ट पर्सामा छ ।

त्यस्तै विभागले जाँचका क्रममा २ वटा उद्योगका पाइप पनि विक्री वितरणमा रोक लगाएको छ । बुटवलको नव नेपाल पाइप र बाराको नारायणी पाइपमा गुणस्तर कम भेटिएपछि विक्री वितरणमा रोक लगाइएको विभागले जनाएको छ ।