काठमाडौं – प्रजातान्त्रान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीको आत्मवृत्तान्त ‘विमान विद्रोहः एउटा राजनीतिक अपहरणको वयान’ बजारमा आएको छ ।


ADVERTISEMENT


पुस्तकका लेखक दुर्गा सुवेदी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका पति हुन् । विसं. २००३ सालमा धनकुटामा जन्मिएका सुवेदी नेपालको प्रजातान्त्रिक आन्दोलनका चर्चित नाम हुन् ।


ADVERTISEMENT

# # #


पञ्चायती सत्ताविरुद्ध नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्षलाई सहयोग पुर्‍याउन नेपाल राष्ट्र बैंकको भारु ३० लाख लुट्न सुवेदीले बसन्त भट्टराई र नगेन्द्र ढुंगेलसँग मिलेर ०३० सालमा नेपाल वायुसेवा निगमको विमान अपहरण गरेका थिए ।

विमान अपहरणपछि करिब १० वर्ष लामो प्रवास-बसाई र दुई वर्ष भारतीय जेलमा जीवन बिताएका सुवेदी कालान्तरमा माओवादी र सरकारबीच शान्ति-संवाद गराउने सूत्राधारसमेत बनेका थिए ।

‘विमान विद्रोह’को प्रकाशन किताब पब्लिसर्स प्रालिले गरेको हो । किताब पब्लिसर्सकी प्रमुख सञ्चालन अधिकृत कल्पना ढकाल भन्छिन्, ‘यो पुस्तकले पाठकहरुलाई नेपाली इतिहासको रोचक अतीततर्फ फर्काउने हाम्रो अपेक्षा छ ।’

एउटा सशस्त्र संघर्ष गर्दा र अर्को सशस्त्र संघर्ष टुंग्याउन भूमिका खेल्दाका दुवै पाटाहरु पुस्तकमा रहेको ढकाल बताउँछिन् ।

पुस्तकमा कांग्रेसले हतियार उठाउँदाका अन्तरकथा, कोइराला परिवारका भित्री कथा र त्यसै क्रममा उनी स्वयंलाई पार्टीभित्रबाटै मार्न खोजिएको षडयन्त्रको पनि सुवेदीले खुलासा गरेका छन् ।

साथै आफ्नी धर्मपत्नी सुशीला कार्की प्रधानन्यायाधीश छँदा तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्की कसरी ‘१० करोडको गोड्धुवा प्रस्ताव’ लिएर आएका थिए भन्ने वर्णन पनि पुस्तकमा रहेको ढकालले बताएकी छिन् ।