काठमाडौं – १८औं एसियाली खेलकुद प्रतियोगिताको तयारीमा रहेको नेपाली यु-२३ फुटबल टिम दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । नेपाल थाइल्यान्डसँग ४–० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।


ADVERTISEMENT


थाम्मासत युनिभर्सिटी मैदानमा शुक्रबार साँझ सम्पन्न दोस्रो अभ्यास खेलमा नेपाली यु–२३ फुटबल टिम थाइल्यान्डको यु–२३ फुटबल टिमसँग नराम्ररी पराजित भएको हो । पहिलो हाफमा १-० गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खान पुग्यो ।


ADVERTISEMENT

# # #


पहिलो हाफमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपनि गोल खान पुगेको थियो । दोस्रो हाफमा भने नेपालले एकपछि अर्को फितलो खेल खेल्यो ।
यसअघि नेपाल पहिलो अभ्यास खेलमा पुलिस टेरो क्लबसँग १-० गोलले पराजित भएको थियो ।

नेपाली यु-२३ फुटबल टिम १० दिने थाइल्यान्ड बैदेशिक भ्रमण सकेर अब इन्डोनेसिया प्रस्थान गर्नेछ । एसियन गेम्स अगष्ट १४ देखि सेप्टेम्बर २ सम्म इन्डोनेसियामा हुदैछ । एसियन गेम्सअन्तर्गत फुटबलमा नेपाल रहेको समूह डी मा जापान, भियतनाम र पाकिस्तान रहेका छन् ।