काठमाडौं – राजधानीको चाबहिल स्थित के.एल टावरमा ‘बिग सेल’ नामक बिक्री मेला सुरु भएको छ । ४५ वटा भन्दा बढी पसल सहभागी यो मेला नेपालकै ठूला सेल मेला मध्य एक रहेको आयोजकले जनाएको छ ।


ADVERTISEMENT


मेलामा लत्ताकपडा, जूत्ताचप्पल, घडी, चश्मा, मोबाईल फोन, बालबालिकाको लागी लत्ताकपडा तथा खेलौनालगायत तीन हजार भन्दा बढी मोडलका सामान प्रदर्शनीमा राखिएका छन् । ती सामाग्रीमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको बताइएको छ ।
शुक्रबारबाट सुरु भएको मेला झण्डै एक महिनासम्म चल्नेछ । मेला अवधिभर १ हजार रुपैयाँ वा सोभन्दा माथिको सामान खरिदमा लक्की ड्र कुपनमार्फत ग्राहकले हरेक दिन पवपभन्न आकर्ष उपहार जित्न सक्नेछन् । ती उपहारमा १ हजार रुपैयाँबराबरको फ्रि सपिङ भौचर, मुभि टिकट लगाएत छन् ।


ADVERTISEMENT

# # #


खरिदकर्ताले हरेक साता अमेरिकन टुरिस्टरको लगेज ब्याग, फ्रि लन्च कुपन र बम्पर उपहारमा लक्की ड्रमार्फत एक जनाले ‘टीभीएस जुपिटर क्लासीक’ स्कुटर जित्नेछन् । यसका साथै ५ हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्दा हात खाली नजाने उपहार तथा २ वटा एफ क्यूब सिनेमाको टिकट उपलब्ध गराइने बताइएको छ ।

मेला अवधिभर केएल टावरमा आउने ग्राहकको लागि मनोरञ्जनात्मकम कार्यक्रम पनि राखिएको छ । चाबहिलस्थित केएल टावरमा ५० वटा भन्दा बढी पसल छन् ।