काठमाडौँ — साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधिको शुक्रबार साँझ निधन भएको छ । उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको लतिलपुरको सुमेरु अस्पतालमा निधन भएको हो । मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए ।


ADVERTISEMENT


उनको दुई दशकअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत बुधबार डायलासिस गर्ने क्रममा बेहोस भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलासिस गर्न सल्लाह दिएपछि शुक्रबार उनलाई थप उपचारका लागि सुमेरु अस्पताल लगिएको थियो ।

खोटाङमा जन्मिएका यज्ञनिधिले रेडियो नेपालमा लामो समय ‘साहित्य संसार’ कार्यक्रम सञ्चालन गरेका थिए । हाल रेडियो अन्नपूर्णमा हरेक शनिबार ‘जदौ’ कार्यक्रम चलाउँदै आएका थिए । दाहाल यज्ञनिधिका निबन्ध, कविता, गीत, समीक्षा, व्यङ्ग्यलगायत पुस्तक प्रकाशित छन् ।

रासस