चितवन– नारायणगढ­–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने जुगेडी पुलबाट ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।


ADVERTISEMENT


भरतपुर महानगरपालिका–२९ मा रहेको जुगेडी पुलबाट शनिबार (आज) बिहान एमएचच ४२ टी ०३४३ नम्बरको भारतीय ट्रक खसेको हो ।


ADVERTISEMENT

# # #


चाउचार र पापडलगायतका समाग्री बोकेर काठमाडौं आउँदै गरेको उक्त ट्रक बिहान साढे चार बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक भारत बलरामपुरका २५ वर्षीय जुबेर मोहम्मद र नाम नखुलेका अर्का एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार, एक जनाको घटनास्थलमै र एक जानको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका भारत बलरामपुरका करिब ४० बर्षीय फिरोज आलमको कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

ट्रक पुलबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस