काठमाडौं– सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्केपछि यसको गुणस्तरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अख्तियारले छानबिनका लागि शुक्रबार पाँचसदस्यीय समिति गठन गरेको छ ।


ADVERTISEMENT


सिक्टाको मूल नहरको गुणस्तरमाथि नै प्रश्न उठेकाले अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए ।


ADVERTISEMENT

# # #


‘गहिरो अनुसन्धान गर्न पूर्ण अधिकारसहितको पाँच सदस्यीय समिति गठन गरिएको छ,’ दंगालले भने । ठेकेदारलाई उन्मुक्ति दिने चलखेल भइरहेको अवस्थामा अख्तियारले नहर निर्माणस्थलमै पुगेर गुणस्तरसमेत परीक्षण गर्ने भएको छ । ‘नहरको भेरिएसन र डिजाइनको विषयमा पनि प्रश्न उठेको छ,’ दंगालले भने, ‘सबै पक्षमा अध्ययन हुन्छ।’ अनियमितता भएको प्रमाण भेटिए कारबाही प्रक्रिया अघि बढाउने अख्तियारले जनाएको छ । – आजको नागरिक दैनिकबाट