बारा– बाराको पथलैयास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयले सडकमा गम्भीर लापरबाही गर्ने स्कुल बससहित त्यसका चालकलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


एन्जल निम्न माध्यमिक विद्यालयको बस शुक्रबार बिहान करिब १० बजे वीरगन्ज–पथलैया सडकखण्डको जितपुर सिमरा–१ स्थित सडकमा बालकले चलाएको भेटिएपछि नियन्त्रणमा लिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।


ADVERTISEMENT

# # #


बा ४ ख ३९६१ नम्बरको उक्त बस चलाउने जितपुर सिमरा–१ दशधुरेका १३ वर्षीय बालक सिलिप पासवान र बसचालक महोत्तरी खयरमार घर भई हाल अमलेखगन्ज बस्दै आएका ३६ वर्षीय लोकमान मोक्तानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

पासवान उक्त बसको सहयोगीका रूपमा कार्यरत रहेको र शुक्रबार चालक मोक्तानले विद्यार्थी छोडेर फर्कने क्रममा पासवानलाई बस चलाउन दिएको ट्राफिक प्रहरीले जनाएको छ । सडकमा लापरबाही गर्ने चालक र बालक दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरामा आवश्यक कारबाहीका लागि पठाइएको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी किरण बज्राचार्यले जानकारी दिइन् । – आजको राजधानी दैनिकबाट