कञ्चनपुर– महाकाली नदीमा पानीको बहाव बढेपछि गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङग्रे सवारीसाधनको अवागमन बन्द गरिएको छ ।


ADVERTISEMENT


गएरातिदेखि परेको अबिरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले आइतबार दिउँसो १२ वजेपछि पुलमा चार पाङ्ग्रे सवारीसाधनको अवागमन बन्द गरेको हो ।


ADVERTISEMENT

# # #


महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्ने बित्तिकै भारतीय पक्षले पुलमा गाडी आवातजावत बन्द गर्दै आएको छ ।

इलाका प्रहरी कार्यालय गडडाचौकीका प्रहरी नायब निरीक्षक डिकर देब पन्तले आवागमन बन्द गरिएको बताउँदै पैदल यात्रु र मोटरसाईकललाई भने चल्न दिएको जानकारी दिए ।

मध्यान्ह १२ वजे महाकाली नदीमा पानीको बहाव एक लाख ८ हजार क्युसेक मापन गरिएको उनले बताए ।

महाकाली नदीमा पानीको बहाव बढेसँगै कञ्चनपुरको भीमदत्त नगरपालिकाको महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको प्रहरी नायब निरीक्षक पन्तले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली नदीका पानीको बहाव बढेसँगै सुरक्षा निकायलाई उच्च सर्तकतामा राखेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रबत्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले जानकारी दिए ।

पुल पुरानो र जीर्ण भएका कारण १ लाख क्युसेक पानी पुगेसँगै भारतीय पक्षले पुलमा आवागमन बन्द गर्ने गरेको छ ।