विराटनगर– विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम विस्फोट भएको हो ।


ADVERTISEMENT


विस्फोटबाट त्यहाँ राखिएका सोफा र सीसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए । बस विस्फोटबाट एक जना घाइते पनि भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।


ADVERTISEMENT

# # #


बम विस्फोटका कारण अहिले स्थानीयबासी, सेवाग्राही र कर्मचारीहरु त्रसित छन् । भवनलाई प्रहरीले घेरामा राखेको छ । बम विस्फोट गराउने समूहको पहिचान भएको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।