काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आन्तरिक राजश्व विभागका महानिर्देशक चुणामणि शर्मा पक्राउ परेका छन् ।


ADVERTISEMENT


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा व्यवसायीलाई कर उन्मुक्ति दिएको आरोपमा पक्राउ गरेको हो । कर अनियमितताका सम्बन्धमा राजश्व प्रशासनका बहालवाला उच्च पदस्थ अधिकृत पक्राउ परेको यो पहिलो घटना हो ।


ADVERTISEMENT

# # #


अख्तियारमा उनीविरुद्ध अकुत सम्पती कमाएको उजुरी परेको थियो । शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाट दिउँसो १२ः३० बजे उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । शर्मामाथि छानबिन भइरहेको अख्तियार उच्च स्रोतले बतायो ।