काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमले फिफा वरीयतामा चार स्थान सुधार गरेको छ । बिहीबार सार्वजनिक वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा पुगेको हो ।


ADVERTISEMENT


चार वर्षयता राष्ट्रिय टिमले खेलेको खेलका आधारमा तय गरिने फिफा वरीयतामा साफ च्याम्पियन भारत दक्षिण एसियाको नम्बर एक स्थानमा यथावत् रह्यो । भारत १ सयौं स्थानमा छ । नेपालभन्दा अगाडि माल्दिभ्स (१५६), अफगानिस्तान (१५८) र भुटान (१६६) छन् । त्यस्तै, बंगलादेश १९२, श्रीलंका १९७ र पाकिस्तान २ सयौं स्थानमा छन् ।


ADVERTISEMENT

# # #


विश्व वरीयताको शीर्ष दसमा ब्राजिल (१), अर्जेन्टिना (२), जर्मनी (३), चिली (४), कोलम्बिया (५), फ्रान्स (६), बेल्जियम (७), पोर्चुगल (८), स्वीट्जरल्यान्ड (९) र स्पेन (१०)औ स्थानमा निरन्तर छन् । पोल्यान्ड पनि एक स्थान फड्को मार्दै स्वीट्जरल्यान्डसँग समान अंक बनाएर संयुक्त दसौं स्थानमा पुगेको छ ।