एजेन्सी– रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेपछि बायर्न म्युनिखले जर्मन सुपरकपको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा म्युनिखले इन्ट्राच्ट फ्राङ्कफ्रटमाथि ५–० को प्रभावशाली जित निकाल्दै जर्मन सुपकप च्याम्पियन बन्न सफल भएको हो ।


ADVERTISEMENT


लेवान्डोस्कीको ह्याट्रिक


ADVERTISEMENT

# # #


कमर्जबैंक एरिनामा भएको खेलमा म्युनिखलाई जिताउन रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै किङ्सले कोमान र थियागो अलकान्तारले एक–एक गोल गरे ।

खेलको २१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट बायर्नले अग्रता बनाएको थियो । त्यसको ५ मिनेटपछि रोबर्टले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्नले पहिलो हाफमा २–० को अग्रता बनायो ।

दोस्रो हाफमा झनै आक्रमक भएको बायर्नले थप तीन गोल गर्‍यो । ५४ औं मिनेटमा रोबर्टलले ह्याट्रिक पूरा गर्दै टिमलाई ३–०को अग्रता दिलाए ।

त्यसपछि किङ्सले कोमानले ६३ औं मिनेटमा गोल गर्दै बायर्नलाई खेलमा ४–० ले अग्रता दिलाए । खेल सकिन ५ मिनेट बाँकी हुँदा थियागो अलकान्ताराले गोल गर्दै बायर्नलाई ५–० को प्रभावशाली जित दिलाए ।

यो सँगै बायर्नले जर्मन सुपरकपको उपाधि उचाल्यो ।