काठमाडौं–सरकारले विभिन्न ४ वटा विधेयक राष्ट्रियसभामा पेश गरेको छ । राष्ट्रियसभाको सोमबार बसेको पहिलो बैठकमा सरकारका तर्फबाट सम्बन्धीत मन्त्रीहरुले विधेयकलाई बैठकमा पेश गरेका हुन् ।


ADVERTISEMENT


कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले मलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ लाई बैठक समक्ष पेश गरे ।


ADVERTISEMENT

# # #


त्यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले अपाङता भएका व्यक्तिको अधिकार सम्बन्धी पहिलो संसोधन विधेयक २०७५ लाई बैठक समक्ष पेश गरिन् ।

बन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले बातावरण संरक्षण पहिलो संशोधन विधेयक २०७५ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक २०७५ पेश गरेका हुन् ।

सबै विधेयकमाथि कुनै पनि विरोधको सुचना परेका छैनन् । १० मिनेटपछि आजै अर्को बैठक बस्ने गरि बैठक स्थागित भएको छ ।