काठमाडौँ – भरतपुर महानगरपालिका– १९ मा पुनः मतदान गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रमुख विपक्षी एमालेले संसद अबरोध गर्ने भएपछि प्रधानमन्त्री निर्वाचन कार्यतालिका नै प्रभावित भएको छ ।


ADVERTISEMENT


एमालेले संसद अबरोध गर्ने स्पष्ट पारेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक मंगलबार सम्म स्थगित गरिएको छ।
यसअघि आजै ३ बजेसम्मका लागि बैठक स्थगित गरेर शीर्ष नेतासँग सहमतिको छलफल भएको थियो। सहमति बेकार भएपछि बैठक मंगलबारसम्म स्थगित भएको हो।


ADVERTISEMENT

# # #


संसदको बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री निर्वाचनको कार्यतालिका थियो । प्रधानमन्त्री पदमा कांग्रेस सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेको छ ।