विराटनगर– हार्डवेयर पसलमा सुरक्षा गार्डका रुपमा कार्यरत विराटनगरका ५० बर्षका टंक भट्टराईको हत्या भएको छ ।


ADVERTISEMENT


विराटनगर महानगरपालिका २ धरान रोडस्थितमा रहेको न्यू बिक्की हार्डवेयरका सुरक्षा गार्ड भट्टराईको शव आइतवार विहान पसलको कोठामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी निशान थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


विराटनगर–४ पीपलचोक घर भएका भट्टराई राति हार्डवयर पसलमा रहेको सुरक्षागार्ड सुत्ने कोठामा सुतेका थिए । हार्डवयरका कामदारले ढोका खोल्दा उनको शव सुत्ने कोठाको खाटमुनि फेला परेको प्रहरीले जनाएको छ ।

सिरानीले मुख थुनेको अवस्थामा उनको शव फेला परेको भट्टराईको अनुहार र शरीरका विभिन्न भागमा चोट देखिएको छ । उनको देब्रे आँखा निकालिएको छ । घटनाको विषयमा थप अनुसन्धान अघि वढाएको प्रहरीले जनाएको छ ।