काठमाडौँ– पशुपति आर्यघाटमा राखिएको फलामको मेचमा विद्युत् प्रवाह हुँदा पुष्प गन्धर्वको निधन भएको छ । गन्धर्व हाल काठमाडौँ महानगरपालिका–७ मा बसोबास गर्दै आएका थिए ।


ADVERTISEMENT


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार बेलुकी विद्युत् आपूर्ति अवरुद्ध भएका बेला अपरिचित व्यक्तिले तार मेचमा बाँधिदिएको महानगरपालिका वडा नं –७ का अध्यक्ष शुद्धकुमार डङ्गोलले राससलाई जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


विद्युत् आएपछि मेचमा प्रवाह भयो । खाली मेचमा बस्न पुग्नुभएका गन्धर्व विद्युत्को झट्काले बेहोस भएपछि उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका लागि लगिएको थियो ।

चिकित्सकले केही समयमै गन्धर्वको निधन भएको घोषणा गरेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताएका छन् ।

गन्धर्वको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको जनाइएको छ । घटनाका सम्बन्धमा छलफल गर्न पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका अधिकारीसहित पीडित परिवार, वडा कार्यालयका प्रतिनिधि र प्रहरीबीच अहिले छलफल भइरहेको छ । रासस