काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्ने कार्ययोजना बनाइ अगाडि बढिरहेको बताएका छन् ।

उनले भने, “सञ्चार तथा सूचना प्रविधिको विकास तथा विस्तार कार्यलार्ई द्रुत गतिमा अगाडि बढाउन मन्त्रालयले कार्ययोजना बनाइ तोकिएको अवधिमा तोकिएको काम सम्पादन गर्नेछ ।” सङ्घीय संसद् विकास तथा प्रविधि समितिको आजको बैठकलाई सम्बोधन गर्दे मन्त्री बाँस्कोटाले मन्त्रालयले सबै भूगोललाई समान विकासमा जोड दिएको जानकारी दिएका छन् । असल व्यवस्थापन कायम गर्दै मन्त्रालयले आफ्नो कार्यक्षेत्रका कामलाई प्रभावकारी बनाउने र आगामी दिनमा दूरसञ्चार सेवा र क्षेत्र विस्तार गर्ने नीति रहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


नेपाल टेलिकमको सेवा र क्षेत्र विस्तार गर्न अगामी ६ महिनाभित्र देशका विभिन्न स्थानमा ६३८ टावर जडान सम्पन्न हुने, दूरसञ्चार प्रविधिको चौंथो पुस्ता (फोर जी) देशका प्रमुख शहरमा विस्तार गर्ने र पाँचौं पुस्ता (फाइव जी) भित्र्याउने तथा सबै पालिकामा इन्टरेटको पहुँच पुर्याउने लक्ष्य रहेको मन्त्री बाँस्कोटाले जानकारी दिएका छन् ।

करीब ८३ प्रतिशत जनताको पहुँचमा पुगेको रेडियो नेपाल र ७२ प्रतिशत जनताको पहुँचमा पुगेको नेपाल टेलिभिजनका सेवा अगामी पाँच वर्षमा सबै जनताको पहुँचमा पुर्याउने, आव २०७४/७५ मा ८७८ पत्रकारको दुर्घटना बीमा भएको र पत्रकार वृत्तिकोषको कार्यविधि स्वीकृत भएको उनले बताए ।

मन्त्री बाँस्कोटाले सबै प्रकारका आमसञ्चारका माध्यममा जनताको पहुँच पु¥याइने, आमसञ्चारलाई निष्पक्ष, मर्यादित, जिम्मेवार, व्यावसायिक र प्रतिस्पर्धी बनाइने, नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजानिक प्रसारण संस्थाको रुपमा एकै व्यवस्थापनमा सञ्चालन गरिने र सातै प्रदेशमा सञ्चारग्राम स्थापना गरिने जानकारी दिएका छन् ।

नयाँ दूरसञ्चार ऐन मस्यौदा अन्तिमचरणमा
मन्त्री बाँस्कोटाले दूरसञ्चार सम्बन्धी नयाँ ऐन मस्यौदा अन्तिम रुप दिन कार्यदल गठन भई छलफल भइराखेको, राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सडकमा अप्टिकल फाइवर विच्छ्याइ अगामी दुई वर्षभित्र सबै जिल्ला सदरमुकाम, नगरपालिका र गाउँपालिका सूचना मार्गले जोड्ने बैठकमा बताएका छन् ।

भूकम्पबाट प्रभावित रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा ७४७ सेवाकेन्द्र स्थापना गरी निःशुल्क इन्टरनेट उपलब्ध गराइएको, दूरसञ्चार पूर्वाधार सम्बन्धी नियमावली २०७४ स्वीकृत भएको तथा फ्रिक्वेन्सी नियमावली तयार भई पेश गरिएको र सूचना प्रविधि ऐनको मस्यौदा तयार भएको उनले जानकारी दिएका छन् । मन्त्री बाँस्कोटाले सुरक्षण मुद्रालय स्थापना गर्न सुरक्षण मुद्रणको कार्य अगाडि बढेको र प्राविधिक परिक्षणको काम अगाडि बढेको बताए । रासस

प्रतिकृया

प्रतिकृया