काठमाडौं– आज (सोमबार) बिहान बबरमहलस्थित आफ्नै निवासमा पूर्वराजदूत केशव झा मृत अवस्थामा फेला परेका थिए । पूर्वराजदूत झाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले घटनाबारे छानबिन गर्दै जाँदा पूर्वराजदुत झाकै घरमा काम गर्ने तीन कामदारलाई पक्राउ गिरफ्तार गरिएको छ ।


ADVERTISEMENT


प्रहरीका अनुसार झाको घरमा काम गर्ने माली, भान्से र गार्डलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त लामाका अनुसार प्रारम्भिक अनुसन्धानबाट छुरा प्रहार गरी हत्या भएको अनुमान गरिएको छ ।


ADVERTISEMENT

# # #


अब अनुसन्धान शुरु भइसकेकाले चाँडै निष्कर्षमा पुग्ने प्रहरीले जानकारी गराएको छ । प्रहरीका अनुसार झाको टाउको र निधारमा चोट लागेको छ, भने उनी बस्दै आएको निवासको एउटा झ्यालसमेत काटिएको छ ।

झाकी श्रीमीते बिहान चिया खान नआएपछि कोठामा हेर्न जाँदा झालाई मृत अवस्थामा भेटेकी थिइन् । श्रीमतीसहित ८० वर्षीय झा बस्दै आएका थिए। झा फ्रान्सका लागि पूर्वराजदूत हुन् ।