काठमाडौं–यातायात व्यवस्था विभागका अधिकांश स्मार्ट कार्ड प्रिन्टर बिग्रिएका छन् । विभागमा भएको ९ वटा प्रिन्टरमध्ये एउटा पहिलेदेखि नै बिग्रिएको थियो भने बाँकी ४ वटाले पनि काम गर्न छोडेका छन् ।


ADVERTISEMENT


कुनै पनि प्रिन्टरको आयु एक लाख कार्ड छाप्नसक्ने मात्र भएकाले पछिल्लो समय अधिकांश प्रिन्टरमा समस्या उत्पन्न भएको विभाग स्रोतले जानकारी दियो ।


ADVERTISEMENT

# # #


‘पुराना प्रिन्टरमा समस्या आएको हो, यसलाई बनाए पनि फेरि बिग्रने सम्भावना उच्च हुन्छ’ स्रोतले भन्यो ।

त्यस्तै गत असारको पहिलो साता ल्याएको चार वटा प्रिन्टरले अझै राम्रोसँग काम गर्न सकेका छैनन् । विभागले तय गरेको मापदण्ड अनुसार प्रिन्टरले काम नगरेकाले प्रिन्टरको भुक्तानीसमेत गरिएको छैन ।

चिप इन्कोडिङ (चिपमा विवरण भर्ने) र लेजर इन्ग्रेभिङ (कार्डमा विवरण लेख्ने) लगायतको काम अटोमेटिक हुनुपर्नेमा मेसिनले कार्ड सपोर्ट नगर्दा म्यान्अल्ली गर्नू परेको करेमचारीहरुको भनाइ छ ।

मेसिन आयातकर्ता कम्पनी मद्रास प्रिन्ट्सले २ महिनादेखि विदेशबाट मेकानिक बोलाएर बनाउन लगाए पनि प्रिन्टर बन्न सकेको छैन । अहिले दैनिक ४ हजार लाइसेन्सको माग छ भने छपाई मुस्किलले ३ हजार मात्र छ । त्यस्तै ५ लाख चालक ट्रायल कटाएर लाइसेन्सको पर्खाइमा छन् ।