एजेन्सी– लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । सोमबार रति क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० पराजित गर्दै लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको हो ।


ADVERTISEMENT


लिभरपुललाई जिताउन जेम्स मिल्नर र साडियो मानेले एक एक गोल गरे । सेलहस्र्ट पार्कमा भएको प्रतिस्पर्धात्मक खेलमा विवादास्पद पेनाल्टीबाट लिभरपुलले अग्रता लियो ।


ADVERTISEMENT

# # #


४५ औं मिनेटमा लिभरपुलकै पूर्व डिफेन्डर साकोले मोहम्मद सलाहलाई डि–बक्समा लडाएपछि रेफ्रीले लिभरपुललाई ‘विवादास्पद’ पेनाल्टी दिएका थिए । जसमा जेम्स मिल्नरले गोल गरे । पहिलो हाफमा १–० ले अगाडि रहेको लिभरपुलले दोस्रो हाफमा १ गोल गर्दै जित निश्चित गर्‍यो ।

खेलको अन्तिम समयमा त्यो पनि इन्जुरी समयको तेस्रो मिनेटमा सलाहको पासमा मानेले काउन्टर एट्याकमा गोल गरेका थिए । यसअघि ७५ औँ मिनेटमा वान–बिसाका रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि क्रिष्टल प्यालेस १० खेलाडीमा सीमित भएको थियो ।

लिभरपुलले यसअघि पहिलो खेलमा वेस्टह्यामाथि ४–० को प्रभावशाली जित निकालेको थियो । जितसँगै गएको सिजन चौथो भएको लिभरपुल दुई खेलबाट ६ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । म्यानचेस्टर सिटी गोल अन्तरमा शीर्ष स्थानमा छ ।