काठमाडौं– संवैधानिक परिषद्ले संवैधानिक अंगहरुमा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।


ADVERTISEMENT


सरकारले विभिन्न आठ संवैधानिक अंगका रिक्त पदमा दरखास्त आह्वान गरेको हो । सार्वजनिक सूचना मार्फत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोगका लागि दरखास्त मागेको छ । यस्तै, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका लागि पनि पदपूर्ति प्रक्रिया अघि बढाउने सरकारको तयारी रहेको छ ।


ADVERTISEMENT

# # #


संविधान जारी भएको झन्डै तीन वर्षपछि सरकारले आयोग गठनको प्रक्रिया अघि बढाएको हो । सबै आयोगमा एक अध्यक्ष र चार सदस्य पद रिक्त छ । महिला र दलित आयोग यसअघि नै गठन भएको थियो । अन्य आयोगहरू भने नयाँ संविधान जारी हुने क्रममा थपिएका हुन् ।