काठमाडौं– मोदी नेपाल आउने समय मिलाएर नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम र काठमाडौं महानगरपालिकाको समन्वयमा सडकमा यत्रतत्र लत्रिएका तारलाई मिलाउने र बाँध्ने काम शुरु गरेको छ ।


ADVERTISEMENT


बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीका राष्ट्रहरुको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ । सम्मेलनमा भाग लिन बिमस्टेक सदस्य रहेका ६ देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख काठमाडौं आउनेछन् । उनीहरु त्रिभुवन विमानस्थलबाट ताहाचलस्थित सोल्टी होटेलसम्मको रुटमा ओहोर–दोहोर गर्नेछन् । त्यसैले सरकारको निर्देशनमा यही रुटमा बिजुलीका पोलमा लत्रिएका तार मिलाउन थालिएको हो ।


ADVERTISEMENT

# # #


कुन रुटमा कसले मिलाउने ?

गौशाला चोकदेखि चावहिलसम्म सुबिसु, चावहिलदेखि होटेल हायातसम्म आईटेल र स्पेसटाईम, तीनकुनेदेखि बानेश्वरसम्म मर्कान्टाइल र ब्रोडलिंकले तार मिलाउने जिम्मा पाएका छन् ।

यस्तै  एयरपोर्टदेखि गौशाला चोकसम्मको रुटमा तार व्यवस्थापनको जिम्मा ईन्टरनेट सेवा प्रदायक वेबसर्फर र स्काई केबललाई दिइएको छ ।

त्यसैगरी बानेश्वरदेखि माईतीघर मण्डलासम्म क्लासिकटेक, माईतीघरदेखि थापाथलीसम्म वेब केबलले तार व्यवस्थापनको जिम्मा पाएको छ भने थापाथली पुलदेखि टेकु पुलसम्म हिमालय अनलाईन र टेकु पुलदेखि सोल्टी होटेलसम्मको रुटमा भायोनेटलाई तार व्यवस्थापनको जिम्मा दिइएको प्राधिकरणका प्रवक्ता नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

यसमा टेलिकम र प्राधिकरणले पनि सहजीकरण र व्यवस्थापनको काम गरिरहेको उनले जानकारी दिए । तर, यी रुटबाहेक अन्य क्षेत्रमा तार व्यवस्थापनमा भने सरोकारवाला निकायको ध्यान छैन । किनभने त्यहाँ विदेशी पाहुनाको आवत जावत हुनेछैन ।