कञ्चनपुर– कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले आन्दोलन गरेपछि तनाव सिर्जना भएको छ ।


ADVERTISEMENT


सोमबार अभियुक्तका रुपमा दिलिप विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको स्थानीयको आरोप छ । विरोध प्रदर्शनका क्रममा स्थानीयले जिल्ला प्रशासन कार्यालयको गेट तोडफोड गर्न खोजेपछि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।


ADVERTISEMENT

# # #


‘स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको हो’, जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी ज्ञान सेठीले भने ।

प्रदर्शनकारीले भीमदत्तनगर बजार समेत बन्द गराएका छन् । प्रहरीले मुख्य अपराधी पक्राउ नगरी मानसिक सन्तुलन गुमाएकालाई मुख्य अभियुक्त भनेर सोमबार सार्वजनिक गरेका एक आन्दोलनकारीले बताए ।

प्रहरीले राजनीतिक दबाबमा मुख्य अभियुक्त बचाउन खोजेको दाबी गरिएको छ । यसअघि गत १० साउनमा साथी घरमा गएकी निर्मला एकाएक बेपत्ता भएकी थिइन् । भोलिपल्ट उखुबारीमा उनको शव फेला परेको थियो ।

लगत्तै, प्रहरीले अनुसन्धान थालेको थियो । तर, लामो समयसम्म कुनै सुराक हात नलागेपछि अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली कन्चनपुर पुगेको थियो ।