काठमाडौँ– नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि. ले नयाँ होण्डा सिबि हर्नेट १६० आर लाई नेपाली बजारमा भित्र्याएको छ ।


ADVERTISEMENT


स्पोर्टि बनोट तथा नयाँ स्टाईल र ग्राफिक्सका साथ अझ बढी पावरफुल रहेको यस नयाँ हर्नेट ग्रे र ग्रिन, ओरेन्ज र ग्रे, निलो, रातो अनि पँहेलो गरी ५ रङ्गहरुमा उपलब्ध छ ।


ADVERTISEMENT

# # #


फुल एलईडी हेड ल्याम्प र हाजार्ड लाईट स्विच जस्ता अत्याधुनिक विशेषता रहेको यस बाइकमा आपतकालीन समयमा सुरक्षित रहनका लागि तथा कम प्रकाशको बेला प्रयोग गर्न सकिन्छ ।

उत्कृष्ट ग्रीप र बढी समय टिक्ने सिल चेन रहेको सिबि हर्नेटमा उत्कृष्ट पर्फमेन्स रहेको छ । नेपाली बजारमा नयाँ होण्डा सिबि हर्नेट १६० आरको मूल्य रु २,९९,९०० रहेको छ ।