काठमाडौं– संवैधानिक निकायमा प्रमुखको नाम सिफारिस गर्न आज स‌ंवैधानिक परिषदको बैठक बस्दै छ ।


ADVERTISEMENT


बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको नाम सिफारिस गर्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


यसअघि कामु प्रधानन्यायाधीश रहेका दीपकराज जोशीलार्इ प्रधानन्यायाधीश सिफारिस गरिएको थियो तर उनको नाम संसदीय सुनुवाइ समितिले अस्वीकार गरेपछि परिषदले आज नयाँ नाम सिफारिस गर्ने बताइएको छ । प्रधानन्यायाधीश हुन योग्यता पुगेका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर राणामध्ये एकको नाम सिफारिस हुने आँकलन गरिएको छ।

गत साता नै बस्ने भनिएको परिषद बैठक प्रमुख विपक्षी दलको नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि बस्न सकेको थिएन । उपचारका लागि सिंगापुर गएका देउवा फर्किएपछि परिषदको बैठक आज दिउँसो ४ बजे बस्ने भएको हो ।

बैठकले गत फागुनदेखि कार्यवहाकको भरमा चलिरहेको अख्तियारका प्रमुख आयुक्तको नाम पनि आजै सिफारिस गर्ने जनाइएको छ ।

प्रमुख आयुक्तका लागि हाल कार्यबाहक प्रमुख आयुक्त रहेका नवीनकुमार घिमिरे, पूर्व मुख्यसचिव लिलामणि पौडेल र वरिष्ठ अधिवक्ता युवराज संग्रौला, पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको नाम चर्चामा छ ।