एजेन्सी– पिएसजीका युवा खेलाडी केलियन एम्बाप्पेलाई क्लब भित्र्याउन रियल मड्रिड लागिपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


ADVERTISEMENT


पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो यसै सिजन इटालियन् क्लब युभेन्टस गएपछि उनको स्थानमा सिजनको ट्रान्फर विन्डो बन्द हुनुभन्दा पहिले एम्बाप्पेलाई अनुबन्ध गर्न रियल मड्रिड लामो समयदेखि व्यस्त देखिएको समाचारमा जनाइएको छ ।


ADVERTISEMENT

# # #


अघिल्लो सिजन मोनाकोबाट लोनमा पिएसजी पुगेका फ्रान्सेली स्टार एम्बाप्पेलाई अनुबन्ध गर्न रियल अध्यक्ष फ्लोरेन्टिनो पेरेज पहिले देखिनै तयार रहेका छन् ।

एमबाप्पेले पीएसजीका लागि लिग वानको पहिलो खेलमा दुई गोल गरिसकेका छन्। अघिल्लो सिजनमा उनले २४ खेल खेल्दै १३ गोल गरेका थिए । रियलले एम्बाप्पे भित्र्याउनकै लागि रोनाल्डोले छोडेको ७ नम्बर जर्सी कसैलाई पनि दिएको छैन ।

उनी रियल आए भने ७ नम्बर जर्सी लगाएर खेल्नेछन् ।