एजेन्सी– अर्जेन्टिनी सुपर स्टार लियोनल मेसी र पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धा सकिएको बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भल्भेर्डेले बताएका छन् ।


ADVERTISEMENT


रोनाल्डोले रियल म्याड्रिड छोडेर अर्को लिगमा गए पछि दुबै खेलाडीको लिग फरक–फरक भएको भन्दै उनीहरुबीचको प्रतिस्पर्धा सकिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


रोनाल्डो यसै सिजन रियलबाट १०० मिलियन युरोमा युभेन्ट्स पुगेका थिए ।

दुवै खेलाडीको उल्लेख्य प्रदर्शनले एक अर्कालाई कुनै असर नगर्ने भन्दै भाल्भेर्डेले अन्तर्राष्ट्रिय समाचारमा भनेका छन्, ‘लिगनै फरक फरक भए पछि रोनाल्डो र मेसीबीच आजको प्रतिस्पर्धा सकिएको हो ।’

दुवै खेलाडीबीच खेलका दौरान तमाम समर्थकले एक अर्काबीच तुलना गर्ने गरेका छन् ।