कम्बोडिया– कम्बोडियाका राजा नोरोदम सिहामोनीले बिहीबार प्रतिपक्षी दलका प्रमुख नेतालाई जेल चलान गर्ने आदेश जारी गरेका छन् ।


ADVERTISEMENT


सानो प्रतिपक्षी दल खमेर पावर पार्टीका नेता सौर्न सेरेइ राधालाई जेल चलानको आदेश भएको हो । दरबारको आदेशमा ४५ बर्षीय राधालाई पाँच बर्ष जेल सजाय तोकिएको उल्लेख गरिएको एएफपीले जनाएको छ ।


ADVERTISEMENT

# # #


“नरेशको आदेश कार्यान्वयन गराउने जिम्मेवारी प्रधानमन्त्री सम्देच टेचो हुन सेनको हुनेछ,” आदेशमा राजाले लेखेका छन् ।

शान्ति सुरक्षामा बाधा पुर्याएको भन्दै गत बर्ष जेल चलान गरिएका १२ जना विपक्षी बन्दीहरूलाई क्षमादान दिने विषयमा पनि प्रधानमन्त्री हुन सेनले राजासँग कुरा गर्ने बताएका छन् ।


ADVERTISEMENT

#
#


दक्षिणी केन्डाल प्रान्तमा बिहीबार आयोजित कपडा उद्योगका हजारौ कामदारहरूको भेलामा उनले कुनै बैदेशिक दवावमा नपरी आफ्नै क्षमाभावले उनीहरूलाई क्षमादान गर्न लागिएको दावी गरेका छन् । रासस

प्रतिकृया

प्रतिकृया