काठमाडौं– प्रधानमन्त्री केपी ओली र उनका सुरक्षाकर्मीले संविधानविपरीत काम गरेको भन्दै प्रदेश २ का सांसदले उनीहरूलाई पाँचपाँच हजार रुपैयाँं जरिवाना तिराउनुपर्ने माग गरेका छन् । प्रधानमन्त्री ओलीले प्रदेश २ को संसद्लाई सम्बोधन गरेकै दिनदेखि उनीहरूले यस्तो माग गर्दै आएका छन् ।


ADVERTISEMENT


प्रदेश संसद् सम्बोधनको समयमा शनिबार प्रधानमन्त्री ओलीका साथमा गएका सैनिकले पनि संविधानको अवमूल्यन गरेको हुँदा उनीहरूलाई पनि जरिवाना हुनुपर्ने प्रदेश २ का राजपा सांसदको भनाइ छ । प्रधानमन्त्री ओलीले सैनिकसहित प्रदेश संसद्को रोस्ट्रममा सम्बोधन गरेका थिए । संसदीय अभ्यास अनुसार संसद् बैठक कक्षमा प्रधानमन्त्रीका सुरक्षाकर्मी जान पाइँदैन । संसद्का लागि छुट्टै सुरक्षाकर्मीको व्यवस्था हुन्छ, जसलाई ‘मर्यादा पालक’का रूपमा विशेषाधिकारसहित राखिएको हुन्छ । – अन्नपूर्ण पोष्ट दैनिकबाट


ADVERTISEMENT

# # #