काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा पुनः पक्राउ परेका छन् । बिहीबार सर्वोच्च अदालतलतका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विकलाई थुनामुक्त गर्न आदेश दिएको थियो । तर, आदेशलगत्तै उनी तेस्रोपटक पक्राउ परेका हुन् ।


ADVERTISEMENT


यसअघि समेत १ भदौमा सर्वोच्चले विकलाई छाड्न आदेश दिएको थियो । तर, अदालतबाट बाहिरिनेबित्तिकै काभ्रेमा एनसेल टावरमा आगजनी गरेको अभियोगमा उनलाई प्रहरीले दोस्रोपटक पक्राउ गरेको थियो ।


ADVERTISEMENT

# # #


नुवाकोटमा भएको आगजनीको घटनामा उनी संलग्न भएकाले पुनः पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेका विकलाई नुवाकोट प्रहरीमा बुझाइने परिसरका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए । ‘नुवाकोटमा पनि केस रैछ, काभ्रे प्रहरीमार्फत जानकारी आयो, नियन्त्रणमा लिनु भनेपछि हामीले पक्राउ गरेका हौं, जहाँ मुद्दा छ, त्यहीँ बुझाउँछौं,’ लामाले भने ।

यसअघि ७ करोडभन्दा बढी चन्दा असुलीको आरोपमा २३ साउनमा हेटौंडाबाट फर्किंदै गर्दा उनी पहिलोपटक दक्षिणकालीबाट पक्राउ परेका थिए । उनलाई सर्वोच्च अदालतले भने रिहा गर्न आदेश दिएको थियो ।– आजको राजधानि दैनिकबाट