ललितपुर– यातायात व्यवस्था बागमती अञ्चल कार्यालयमा चालक अनुमतिपत्र बनाउनेको सङ्ख्या घटेको छ ।


ADVERTISEMENT


एकान्तकुनास्थित उक्त कार्यालयमा चालक अनुमतिपत्र नवीकरण गर्नेको सङ्ख्यासमेत घटेको छ । कार्यालयले काठमाडौँ उपत्यकाका चार ठाउँबाट सेवा उपलब्ध गराउँदै आएको छ । अहिले दैनिक पाँच सयदेखि ६ सयसम्म सेवाग्राही आउने गरेको कार्यालयका सूचना अधिकृत भक्त विष्टले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


अघिल्लो आवमा एक हजारदेखि एक हजार ५०० सम्म सेवाग्राही आउने गरेका थिए । सेवाग्राही बढेसँगै गत आवदेखि सरकारले सूर्यविनायक, चाबहिल र सानो भ¥याङबाट सेवा शुरु गरेको थियो । अहिले सेवाग्राही सवै ठाउँमा बाँडिएका छन् ।

अहिले १४ वटै अञ्चल कार्यालयले स्मार्ट चालक अनुमतिपत्र र नियमित सेवा शुरु गरेका कारण सेवाग्राहीको चाप घटेको विष्टको भनाइ छ । उक्त कार्यालयले नयाँ चालक अनुमतिपत्र तथा नवीकरण गरी दुई लाखको हाराहारीमा चालक अनुमतिपत्र वितरण गरेको जनाएको छ । रासस