काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीकी सांसद नवीना लामाले विश्वविद्यालयमा राजनीतिकरण बढेको बताएकी छन् । संसदको विषेश समयमा बोल्दै सांसद लामाले राजनीतिकरण बढेकै कारण विश्वविद्यालय लथालिङ्ग भएको बताएकी हुन् ।


ADVERTISEMENT


‘जनशक्ति उत्पादन गर्ने विद्यार्थीहरु अध्ययन गर्ने विश्वविद्यालय पोखरा विश्वविद्याल वन तथा कृषि विश्वविद्यालयलगायत १० वटै विश्वविद्यालयहरु आज लथालिङ्ग छ, उनले थपिन्, ‘कूनै प्राज्ञिक नियम छैन । शैक्षिक क्यालेन्डर नियमित छैन ।’


ADVERTISEMENT

# # #


विश्वविद्यालयका पदाधिकारी नै राजनीतक नेताको पछि लागेका कारण यस्तो अवस्था आएको उनको तर्क थियो । लामाले भनिन्, ‘विश्वविद्यालयका पदाधिकारीहरु दैनिक रुपमा राजनीतिक नेताहरुको चाकडी गर्छन् ।

त्यसकारण विश्वविद्यालयहरु विशेषगरी इन्जिनियरिङ कलेजको माफियाकरण बढ्दो रुपमा रहेको छ । यो डरलाग्दो कुरा हो । भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा ३ हजारभन्दा बढी अध्ययन गर्ने विद्यार्थीको भविष्य अन्योलमा पर्दैछ।’

विद्यार्थीको भविष्य अन्योलमा पार्ने काम अक्षम्य हुने भन्दै उनले तत्काल राजनीतिकरण बन्द गर्नुपर्ने माग गरिन् । भनिन्, ‘राजनीतिकरण विश्वविद्यालमा बन्द गरियोस। विशुद्ध प्राज्ञिक नियम बसोस ।’

हेर्नुहोस भिडियो: