काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीकी सांसद नवीना लामाले देशमा छाउपडी प्रथा अन्त्य हुनुपर्ने र बलात्कारीलाई कडा कारबाही हुनुपर्ने माग राखेकी छिन् ।


ADVERTISEMENT


आज महिला हिंसा अन्त्य गर्न माग राख्दै संसदमा प्रस्तुत संकल्प प्रस्तावमाथि आफ्नो धारणा राख्दै लामाले उक्त माग राखेकी हुन् ।


ADVERTISEMENT

# # #


उनले सगरमाथा र गौतम बुद्धको देश भनेर चिनिने नेपाल पछिल्लो समय छाउगोठमा सर्पले डासेर महिला मर्ने र बलात्कार हुने देशका रुपमा चिनिन थालिएको बताइन् ।

दिनप्रतिदन यस्तो घटना बढेकोले यस्तो घटना रोकथामका लागि सरकारले प्रयास गर्नुपर्ने उनको भनाई थियो । लामाले छाउपडी प्रथाको अन्त्यका लागि कडा कानुन बनाउनुपर्ने र बलात्कारीलाई आजीवन काराबास सजाय हुनुपर्ने मागसमेत राखेकी थिइन् ।

हेर्नुहोस भिडियो: