काठमाडौं– सरकारले भदौ १४ र १५ मा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीकाको प्रयास (बिमस्टेक) सम्मेलनको लगभग सबै तयारी सकिएको जनाएको छ ।


ADVERTISEMENT


बिमस्टेक बैठकबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सबै तयारी पूरा भएको र सदस्य राष्ट्रका कार्यकारी प्रमुख आउने दिनसमेत तय भैसकेको जानकारी दिएका हुन् । श्रीलंकका राष्ट्रपति मैथ्रिपाला सिरीसेना र म्यानमारका प्रधानमन्त्री वीन मिन्ट लुम्बिनी भ्रमणमा जाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति दर्शनसहित धर्मशाला उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।


ADVERTISEMENT

# # #


बैठकको तयारीका लागि भदौं १२ गते विदेश मामिला सचिव र १३ गते विदेश मामिला मन्त्रीको बैठक बस्ने छ । दुई बैठकले बिमस्टेक बैठकका ऐजेन्डा र छलफलका विषयलाई अन्तिम रुप दिने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिमस्टेक क्षेत्रका राष्ट्र प्रमुखको सम्मानमा आयोजना गर्ने दिवाभोज सकिएपछि होटल सोल्टीमा भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरने भएका छन् । मन्त्री ज्ञवालीकाअनुसार कनेक्टीभिटि, गरीबि निवारण, व्यापार र लगानी, जलविद्युत र जलवायु परिवर्तन सम्बन्धी ऐजेन्डामा छलफल हुने छ ।

बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरु भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका, थाइल्यान्ड र आयोजक नेपालका राष्ट्रप्रमुख, विदेशमन्त्री र राज्य मन्त्रीहरु सहभागी हुने छन् । चार वर्ष अघिबाट अध्यक्ष भएको नेपाल आयोजक राष्ट्र हो । भदौ १५ मा ‘रिट्रिट’ सकिएपछि विभिन्न दस्तावेजमा हस्ताक्षर हुने छ । ‘रिट्रिट’ कहाँ गराउने भन्ने तय भइसकेको छैन । पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले दिएको जानकारीअनुसार विमस्टेक बैठककै क्रममा नेपाल र भारतबीच रक्सौल–काठमाडौं रेल्वे र बल्क कार्गोसम्बन्धी सम्झौतामा समेत हस्ताक्षर हुने छ ।