काठमाडौं– नेकपाको आकस्मिक सचिवालय बैठक अहिले बसीरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।


ADVERTISEMENT


कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको र उनको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै जारी आन्दोलनको विषयमा केन्द्रित रहेको नेताहरुले बताएका छन् । शुक्रबारको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


त्यसलगत्तै नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न भनेका थिए । प्रचण्डले टेलिफोन गर्दा ओली मन्त्रिपरिषद बैठकमा थिए । तर, बैठकले द्वन्द्वरत पक्षसँग वार्ता गर्न समिति गठन गरे पनि कञ्चनपुर घटनाको विषयमा छानबिन गर्ने समिति भने बनाएन ।

कञ्चनपुरको आन्दोलन चर्किंदै गएपछि गृह मन्त्रालयले सहसचिवस्तरीय छानबिन समिति बनाएको छ भने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख परिवर्तन गरेको छ । त्यतिबेलासम्म कञ्चनपुर आन्दोलनमा कसैको पनि मृत्यु भएको थिएन ।