एजेन्सी– बार्यन म्युनिखले बुण्डेस लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । जर्मन च्याम्पियन बार्यनले शुक्रबार राति सिजनको पहिलो खेलमा होफेनहाइममाथि सहज जित निकाल्दै विजयी सुरूवात गरेका हुन् ।


ADVERTISEMENT


बार्यनले घरेलु मैदानमा भएको खेलमा होफेनहाइमलाई ३–१ ले हराउँदै विजयी सुरूवात गरेको हो ।


ADVERTISEMENT

# # #


बार्यनको जितमा थोमस मुलर, रोबर्ट लेवान्डोस्की र आर्जेन रोबिनले गोल गरे । होफेनहाइमका लागि एडम स्जालाईले गोल फर्काए ।

खेलको २३ औं मिनेटमा मुलरको गोलबाट अग्रता लिएको घरेलु टोलीले पहिलो हाफसम्म १–० को अग्रता लियो ।

दोस्रो हाफको ५७ औं मिनेटमा एडकले गोल गर्दै होफेनहाइम खेलमा फर्कियो ।

खेलको अन्तिम ८ मिनेटमा बार्यनले दुई गोल गर्दै जित सुनिश्चित भयो । खेलको ८२ औं मिनेटमा पेनाल्टीबाट लेवान्डोस्कीले गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए ।

खेलको ९० औं मिनेटमा रोबिनले गोल गरेपछि बार्यन ३–१ ले विजयी भयो ।