काठमाडौं– चौथो विम्स्टेक शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सदस्य राष्ट्रका कार्यकारी प्रमुखका लागि तीन तहको सुरक्षा घेरा बनाइएको छ ।


ADVERTISEMENT


कार्यकारी प्रमुखको सुरक्षाका लागि पहिलो घेराको नेतृत्व नेपाली सेनाले गर्नेछ । दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीसँगै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिनेछन् ।


ADVERTISEMENT

# # #


भदौ १४ र १५ गते हुने सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चान व चा, म्यानमारका प्रधानमन्त्री विन मिन्ट र भुटानका अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष आउँदैछन् ।

सुरक्षा व्यवस्थापनका लागि महानगरीय प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेको संयोजकत्वमा समिति बनाई परिचालन गरिने भएको छ ।