बुटवल– नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको हायस गाडी सल्यानको बन्गाडा खोलाले बगाएको छ । बग्दै गरेको उक्त गाडी ढुङ्गामा गएर अड्किए पछि यात्रुहरु हाम फालेर बाँच्न सफल भएका छन् ।


ADVERTISEMENT


उनिहरुका सर–समान भने हराएको छ । प्रहरीले तत्कालै डोजरको साहयताले खोलामा फसेको गाडी निकालेको छ । उक्त खोलामा निर्माणाधिन पक्कीपुल यस अघि नै खोलाले बगाई सकेको छ ।


ADVERTISEMENT

# # #


लामा कन्ट्रक्सन निर्माण कम्पनीले समयमा पुलको काम नगर्दा छिन्चु जाजरकोट सडक खण्डमा उक्त खोलाले दैनिक दिन आवत जावतमा असर गरेरेको स्थानीय यातायात व्यवसायी नन्द पुनको गुनासो छ । सो सडक खण्डमा सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा र रुकुमका मानिसहरुको आवत जावत भइरहन्छ ।

त्यस भेगमा कैयौ खोलाहरुमा झोलुङ्गे पुल समेत नहुँदा वर्षायाममा रुख तेर्साएर मानिसहरु जोखिमका साथ खोलाहरु तर्ने गरेका छन् । सरकारको नजर राजमार्ग छेउछाउमा रहेका तुइन विस्थापित गर्ने कार्यमा मात्रै परेको छ ।

खोला बढेर तर्न नसकेका कारण त्यस भेगका सयौ यात्रुहरु घण्टौसम्म बाटैमा अलपत्र पर्ने र भोकै बस्ने गरेका छन् ।