काठमाडौं– झ्ट्ट हेर्दा लाग्छ, यो खाने संस्कृतिको आधुनिक जीवनसँग कुनै साइनो छैन । यो त केवल आडम्बर हो । पुरातन संस्कार हो । परम्परा धान्नका लागि मात्र यसो विधि पुर्‍याउने हो । तर, हाम्रा पुर्खाले यस्ता संस्कार बसाएका होइनन् । यसमा केही सामाजिक, केही सांस्कृतिक, केही वैज्ञानिक रहस्य एवं महत्व हुन्छ । चर्चा गरौं क्वाँटीको ।


ADVERTISEMENT


जनै पूर्णिमाको दिन विभिन्न गेडागुडी मिसाएर पकाइने एक झोलिलो खान्की हो यो । सिमी, केराउ, चना, मटर, राजमा, बोडी, भटमास, मुगी, दाल लगायत थरीथरीका गेडागुडीको समिश्रणलाई भिजाएर त्यसबाट टुसा अंकुराउन थालेपछि पकाउन योग्य मानिन्छ । यसरी पकाइएको खान्कीलाई क्वाँटी भनिन्छ ।


ADVERTISEMENT

# # #


परम्परागत हिसाबले हेर्ने हो भने क्वाँटीमा ९ थरीका गेडागुडी मिश्रण गरिन्छ । यसलाई भिजाउने, टुसा उमार्ने र पकाउने विधी पनि छ ।

अंकुरित गेडागुडी स्वास्थ्यका लागि राम्रो हो । यसमा भरपुर मात्रामा प्रोटिन हुन्छ । साथै भिटामिन र मिनरल्सको स्रोत पनि हो यो ।

किन खाने क्वाँटी ?
हामीलाई थाहा भएकै कुरा हो, शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि विभिन्न पोषक तत्वको आवश्यक पर्छ । त्यस्ता पोषक तत्व खानेकुराको माध्यामबाट प्राप्त हुने हो । त्यसैले हाम्रो शरीरका लागि सन्तुलित आहारको आवश्यक्ता पर्छ । सन्तुलित आहारमा अंकुरित गेडागुडी पनि एक हो ।

तर, हामी गेडागुडी भिजाएर त्यो अंकुराएपछि खान जाँगर चलाउँदैनौ । अंकुरित गेडागुडी एक पटक मात्र होइन, हरेक दिन आवश्यक हुन्छ शरीरलाई । जनै पूर्णिमा नै किन त ?

हामी कृषि उद्यममा आधारित जीवनशैलीमा बाँचेका छौं । यतिबेला खेती किसानी गरेर थकित भएका हुन्छन् । खेती किसानीको क्रममा शारीरिक श्रम बढी गर्दा शरीरलाई अतिरिक्त उर्जाको खाँचो हुन्छ । त्यसैको परिपूर्ति गेडागुडी अर्थात प्रोटिनले गर्छ । प्रोटिनले मांसपेशीलाई स्वस्थ्य राख्ने काम पनि गर्छ ।

खेतीपातीको कामले थकित शरीरमा उर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको भनाइ छ ।

के छ अरु फाइदा ?
पोषणविद्का अनुसार क्वाँटी आफैमा प्रोटिनको सम्पूर्ण स्रोत हो । यो शक्तिवद्र्धक एवं पौष्टिक आहारा हो । यसमा भिटामिन बिका सबैजसो प्रकार पाइन्छ ।

–तत्काल आवश्यक उर्जा प्राप्त हुन्छ ।
–मांसपेशीको मर्मत संभारमा सहयोग गर्छ ।
–रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
–रक्तसंचार र स्नायु प्रणालीमा फाइदा पुग्छ ।
– क्वाँटीले कब्जियतको समस्या हटाउँछ ।
–मधुमेह तथा पायल्स भएकालाई फाइदाजनक मानिन्छ ।

तर, कति खाने ?

क्वाँटीलाई ज्वानोमा झानेर वा पकाएर खाने गरिन्छ । यो स्वादिलो परिकार पनि हो । तर, यसबाट प्रोटिन मिल्छ भनेर वा मिठो लागेको भरमा धेरै मात्रामा खानु हुँदैन । क्वाँटी नियन्त्रित मात्रामा खानुपर्छ ।
किनभने जब शरीरमा प्रोटिनको मात्रा बढ्छ, युरिक एसिड बढ्ने भय हुन्छ । यसको भार मिर्गौंलामा पर्न सक्छ । अत्याधिक वा अनियन्त्रित क्वाँट सेवन गर्दा त्यसले मिर्गौलालाई असर गर्छ ।