एजेन्सी– आगामी वर्ष इंल्याण्ड र वेल्समा हुने आईसिसी विश्वकप क्रिकेटको ट्रफी नेपालमा पनि ल्याइने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले शनिबार एक विज्ञप्ति जारी गर्दै विश्व भ्रमणको दौरान आगामी अक्टोबर अन्तिम साता विश्वकप ट्रफी नेपाल आइपुग्ने छ।
आईसिसीका अनुसार विश्वकप ट्रफी आगामी २७ अक्टोबरमा काठमाडौं दरबार स्वायर क्षेत्रमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म राखिने भएको छ। उक्त दिन समर्थकहरुले ट्रफी हेर्न र ट्रफीसँग तस्विर खिचाउन पाउनेछन्।
यही सोमबारबाट आइसीसीको दुबर्इस्थित हेडक्वार्टरबाट ट्रफीको विश्व भ्रमण सुरू गर्नेछ। पाँच महादेशका विभिन्न २१ देशका ६० शहरमा ट्रफी घुमाइने आइसिसिले जनाएको छ।
समर्थकहरुलार्इ क्रिकेटसँग जोड्न अझै सहयोग पुर्याउने भन्दै आइसिसिले पहिलो पटक ुनिशानु को सहायतामा विश्वका यतिधेरै स्थानमा ट्रफी घुमाउन लागेको हो।
क्रिकेट विश्वकपको ट्रफी नेपालमा पहिलोपटक ल्याउन लागिएको हो। यसअघि कोकाकोलाको सहयोगमा फुटबल विश्वकपको ट्रफी नेपालमा ल्याईसकिएको थियो।
विश्वकप ट्रफीको १०० दिने विश्व भ्रमणका क्रममा दुबईबाट सुरु हुने विश्वकप ट्रफी ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान, बंगलादेश, नेपाल, भारत, न्युजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रूवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनीहुँदै इंग्ल्यान्ड पुग्नेछ।
0⃣5⃣ continents
2⃣1⃣ countries
6⃣0⃣ citiesThe @Nissan #CWCTrophyTour will embark on its journey from the @ICC headquarters in Dubai on 27 August 2018!
READ 👇https://t.co/TuDdTnXBn0 pic.twitter.com/j98J3Tvq1W
— ICC (@ICC) August 25, 2018