काठमाडौं–नेपालका लागि टिभिएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले ‘अपाचे आरटिआर १६० फोर भी’ बजारमा ल्याएको छ ।


ADVERTISEMENT


काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रमकाबीच मोटरसाइकल सार्वजनिक गरिएको हो । यो नेपालको लागि सबै भन्दा शक्तिशाली इन्जिनयुक्त १६० सिसी र बेस्ट इनक्लास मोटसाइकल भएको कम्पनीको दावी छ ।


ADVERTISEMENT

# # #


सुपेरियर पफर्मेन्स र डाइनामिक रेसिङ लुकले सहजै नेपाली ग्राहकमाझ मोटरसाइकल सफल हुनेमा आफूहरु ढुक्क रहेको जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक शाहील अग्रवालले बताए ।

यो कार्बोरेटोर भेरियन्टमा उपलब्ध छ। १५९.७ सिसी सिङ्गल सिलिन्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको उक्त मोटरसाइकल १६.५ पीएस ८ हजार आरपिएममा र १४.८ एनएम ६ हजार ५ सय आरपिएममा उपलव्ध छ।

यसमा पावर राइडिङको लागि ‘सुपर स्लिक मेटेड’, ५ स्पिड गियर बक्स रहेको छ ।

यसको उच्च स्पिड ११३ किलोमिटर प्रति घण्टा रहेको कम्पनीको दावी छ । ‘अपाचे आरटिआर १६० फोर भी’ले ० देखि ६० किलोमिटर प्रति घण्टा स्पिड ४.७३ सेकेन्डमा पुरा गर्ने कम्पनीको दावी छ ।

चालकको सुरक्षाको लागि यो डिक्स र ड्रम ब्रेक दुवैमा उपलब्ध छ । यसमा रहेको अग्रेसिभ हेड ल्याम्प, फेशनेवल बडी, फ्ल्याग ग्राफिक्स र स्लिक सार्प टेलहरुले ग्राहकलाई थप आकर्षित तुल्याउने जगदम्बा मोटर्सको दावी छ ।

हालको लागि २ लाख ७९ हजार ९ सय मूल्य कायम गरिएको टिभीएस अपाचे १६० फोरभी रेसिङ रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगहरुमा उपलब्ध छ ।