एजेन्सी– रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजयी यात्रा कायमै राखेको छ । क्रिष्टियानो रोनाल्डो बिना पनि रियल मड्रिडले आइतबार राति भएको खेलमा जिरोनालार्य ४–१ को फराकिलो अन्तरमा हराउँदै विजयी यात्रा जारी राखेको हो ।


ADVERTISEMENT


रियललाई जिताउन करिम बेन्जिमाले २ तथा सर्जियो रामोस र ग्यारेथ बेलले एक एक गोल गरे ।


ADVERTISEMENT

# # #


सुरुमा पछि परेको रियल मड्रिडले उत्कृष्ट पुनरागमन गर्दै विजयी भएको हो । खेलको १६ औं मिनेटमा बोर्जा गार्सियाको गोलबाट जिरोनाले अग्रता लियो ।

३९ औं मिनेटमा रामोसले गोल गर्दै खेललाई बराबरीमा ल्या ए। पेनाल्टीलाई गोलमा परिणत गर्दै सर्जियो रामोसले रियल मड्रिडलाई खेलमा फर्काएका थिए ।

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा रियल मड्रिडले दोस्रो हाफमा थप तीन गोल गर्‍यो ।

५२ औं मिनेटमा पेनाल्टीमार्फत पुनः अर्को गोल थप्दै खेलमा २–१ को अग्रता लियो । करिम बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । खेलको ५९औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टिमको अग्रता अझै फराकिलो बनाए ।

८० औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड ४–१ ले विजयी भयो ।

लगातार दुई खेल जितेको रियल मड्रिड ६ अंकसहित शीर्ष स्थानमा कायमै छ ।