काठमाडौँ– नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीनसँगको सम्बन्धलाई सुमधुर बनाउँदै अगाडि बढ्ने बताएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसद्भवन नयाँ बानेश्वरमा पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले भने, “दुवै छिमेकी देशसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउनेछु ।”


ADVERTISEMENT

# # #


नवनिर्वाचित प्रधानमन्त्री देउवाले आफूले संसद्मा नै सबै विषयमा प्रस्ट पारिसकेको उल्लेख गर्दै सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । आज संसदबाट मुलुकको ४० औ प्रधानमन्त्रीमा देउवा निर्वाचित भएका छन् ।